दफा
सङ्गठनको स्वरूप
(१) नेपाली सेनाको सङ्गठन समावेशी र राष्ट्रिय स्वरूपको हुनेछ ।
(२) उपदफा (१) बमोजिमको व्यवस्था कार्यान्वयन गर्न नेपाल सरकारले आवश्यक नीति, योजना तथा कार्यक्रम बनाउनेछ ।
(३) नेपाली सेनाको सङ्गठनात्मक संरचना तथा दरवन्दी सङ्ख्या नेपाल सरकारले स्वीकृत गरे बमोजिम हुनेछ । तर महारथीको दरवन्दी एकमात्र रहनेछ र सोही महारथीलाई प्रधान सेनापतिमा नियुक्ति गरिनेछ ।
(४) नेपाली सेनाको संगठनमा प्रधान सेनापति र अनुसूची–१ मा उल्लेख भएका पदहरु रहनेछन्।